काठमाडौं । नेपालमा आज (बुधवार) एकैपटक ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या ७ हजार १७७ पुगेको छ ।
स्वास्थ्यमन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार नेपालमा आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म नेपालमा २० जनाको मृत्यु भईसकेको छ । आज नेपालमा बाँकेकी ४६ वर्षीया महिलाको मृत्युु भएको हो । त्यस्तै नेपालमा १ हजार १६७ जना संक्रमित निको भएका छन् । आज मात्रै नेपालमा कोरोना भाइरसविरुद्धको लडाई जितेर घर फर्किनेको संख्या ९ रहेको छ । कोरोना जितेर घर फर्किनेमा महिला ११२ र पुरुष १ हजार ५५ रहेका छन् ।
यसैबीच नेपालमा हिजो (मंगलवार) एकैपटक ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाको कारण नेपालमा हालसम्म २० जनाको मृत्यु भएको छ । जसमध्ये ४ जना महिला र १६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
प्रादेशीक विवरणअनुसार प्रदेश ५ मा सबैभनदा धेरै अर्थात् ७ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेशमा हालसम्म ४ जनाको मृत्यु भएको छ भने मृतकको संख्याको आधारमा प्रदेश २ र कर्णाली प्रदेशमा ३ ३ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १ जनाको मृतयु भएको छ । प्रदेश १ मा हालसम्म मृत्युको रेकर्ड छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया