चीन र भारतलाई विवेक प्रयोग गर्न आग्रह गर्दै दुबै देशको दूतावास अगाडि एकसाथ प्रदर्शन हुने

काठमाडौं । छिमेकी देश भारत र चीनको सीमावर्ती क्षेत्रमा पछिल्लो समय भइरहेको विवाद अन्त्य गर्दै वार्ताबाट समाधान खोज्न मानव अधिकार तथा शान्ति समाजले काठमाडौस्थित दुबै देशको दूतावास अगाडि प्रदर्शन गर्ने भएको छ ।

एशियाका दुई भिमकाय मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुखद हुनुका साथै दक्षिण एशिया र विश्व शान्तिकै लागि पनि खतरा हुन सक्ने भन्दै मानव अधिकार तथा शान्ति समाज नेपालले वार्तामा आउनको लागि अनुरोध गर्दै प्रदर्शन गर्न लागेको जनाएको छ ।

यस्तो छ मानव अधिकार तथा शान्ति समाजको सूचना

चीनियाँ र भारतीय सेनाबिच हालै सिमान्त गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भएको खबरले मानव अधिकार तथा शान्ति समाज दुखित एवं स्तब्ध भएको छ । युद्ध निषेध: शान्ति विशेष भन्ने आह्वानसहित अभियानरत मानव अधिकार तथा शान्ति समाज युद्धको कुनै पनि कृत्यको विरोध गर्दछ र वार्ताबाटै समस्याको समाधान गर्न आग्रह गर्दछ ।

एशियाका दुई भिमकाय मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुखद हुनुका साथै दक्षिण एशिया र विश्व शान्तिकै लागि पनि खतरा हुन सक्छ । यही सन्दर्भमा चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न, आवेग होइन विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई बढाउने होइन समझदारीलाई विस्तार गर्न र युद्धका कुनै पनि संभावनालाई खारेज गर्न आग्रहसहित २०७७ असार ४ गते विहिबार, जुन १८ का दिन दिउँसो १ बजे काठमाण्डौस्थित चीनियाँ र भारतीय दुतावास अगाडि एकसाथ शान्ति समाजले प्रदर्शन गर्न गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?