काठमाडौं प्लाजाको भवन खाली गर्न नेपाल ट्रस्टको कार्यालयको आग्रह (सूचनासहित)

काठमाडौं । नेपाल ट्रस्ट कार्यालयले काठमाडौं प्लाजा खाली गर्नको लागी अनुरोध गरेको छ ।

हाल काठमाडौं महानगरपालिका वडा नं ३१ कमलादीमा रहेको उक्त भवनको ट्रस्टको कार्यालय र कन्सेप्ट डेभलपर्सबीच भएको सम्झौता अवधि सकिएकाले कार्यालयले भवन खाली गर्नको लागि अनुरोध गरेको जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै लिने दिने पक्षबीचको सम्झौता समाप्त भएपछि अर्को पक्षलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था रहेको तथ्यका आधारमा उक्त भवन खाली गर्न आग्रह गरेको हो ।

मंगलवार (असार २) गतेदेखि उक्त भवन सम्पूर्ण रुपले खाली गरी चालू हालतमा प्रथम पक्ष अर्थात नेपाल ट्रस्टको कार्यालयलाई हस्तान्तरण गर्न अनुरोध गरिएको ट्रस्टको कार्यालयले एक सूचना मार्फत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?