कोरोनाको प्रकोप : भारतमा एकैदिन दुई हजार भन्दा धेरैको मृत्यु

काठमाडौं । चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ८२ लाख ५७ हजार ५३५ जनालाई संक्रमण भएको छ भने ४ लाख ४५ हजार ९८६ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै ४३ लाख ६ हजार ७४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ९२१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५४ हजार १६१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ लाख ८७ हजार ५५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा मंगलवार मात्रै ११ हजार १३५ जना संक्रमित थपिएका छन् भने २ हजार ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?