कोरोनाको कहर : अमेरिकामा बढ्न थाले मृतक र संक्रमित

काठमाडौं । चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ८२ लाख ५७ हजार ५३५ जनालाई संक्रमण भएको छ भने ४ लाख ४५ हजार ९८६ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै ४३ लाख ६ हजार ७४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म१ लाख १९ हजार १३२ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ८ हजार ४०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९ लाख ३ हजार ४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ६९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार ९९८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ५ हजार ७८५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १२ हजार ८३७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७० हजार २५० जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवार २५ हजार ४५० जना नयाँ संक्रमित थपिएका छन् भने ८४९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?