क्वारेन्टाइन बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग

काठमाडौं । नेपाल महिला सङ्घले कैलालीको लम्कीस्थित क्वारेन्टाइनमा राति सुतिरहेकी एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । सङ्घका अध्यक्ष उमा रेग्मीले मङ्गलवार एक विज्ञप्तिमार्फत पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न तथा घटनाका दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरे की हुन् ।

गत जेठ ३२ गते कैलालीको लम्कीस्थित क्वारेन्टाइनमा राति सुतिरहेकी एक महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवकलगायत चार जनाबाट पासविक तवरले सामूहिक बलात्कार भएको घटनाले स्तब्ध भएको सङ्घले जनाएको छ । साथै सङ्घले अव्यस्थित भएका क्वारेन्टाइन महिलाका लागि हिंस्रक खाडल भएको जनाएको छ ।

अध्यक्ष रेग्मीले लकडाउनकै समयमा क्वारेन्टाइनभित्र एक हजार ६८४ महिलामाथि हिंसा भएको र कतिपय हिंसाका घटना सार्वजनिक हुन नसकेको समेत उल्लेख गरे की छन् ।

उनले महिलामाथिका यस्ता घटना बढ्दै गइरहेको भन्दै कोरोना महामारीको यस्तो अवस्थामा नागरिकको सुरक्षा गर्न, रोग र भोकबाट बचाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए की छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?