चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो ।
अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया