काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को असर अमेरिकामा हालसम्म सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १८ हजार ७ सय २ पुगेको छ ।
बितेको २४ घण्टामा ११ हजार ५ सय २६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लख ९४ हजार ४ सय ७६ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ८ लाख ९२ हजार ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये १६ हजार ४ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय १९ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाका कारण हालसम्म विश्वभर ४ लाख ४३ हजार २ सय १८ जनाको मृत्यु भइसकेको छ भने ८१ लाख ९४ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै कोरोना संक्मण जितेर घर फर्कनेको संख्या ४२ लाख ७२ हजार ८ सय ६० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया