काठमाडौं । लिम्पियाधुरा नेपालको भूमि भएको दावी गर्दै संसद सचिवालयमा संशोधन हालेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई प्रहरीले भारत जानबाट रोकेको छ ।
आफ्नो वुवा सिकिस्त विरामी भएकाले सिरहाको पूर्विनाका भगवानपुर ठाडी हुँदै भारतस्थित माइती जान लागेका वेला प्रहरीले जान नदिएको उनको भनाइ छ ।
बुवा सिकिस्त विरामी भएको खवर पाएपछि आफू माइत भारत जान ठाडी नाकामा पुगेपनि सशस्त्र प्रहरी बल वेसक्याम्पले रोकेर राखेको उनको दावी छ ।
उनलेसीमामा रोकेपछि फर्केर सिरहाको लहान बस्न लाग्दा पनि समर्थकहरुले यहाँपनि असुरक्षित रहेको भनेपछि आफू काठमाडौंतर्फ बताएकी छिन् । उनले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको पनि बताएकी छिन् ।
काठमाडौं जानेक्रममा कुनै सुरक्षा निकायलाई जानकारी नगराएपनि आफूलाई सिन्धुलीमा दुईजना प्रहरीले पछ्याएको दावी गरेकी छिन् । संविधान संशोधनका लागि जेठ ३१ गते प्रतिनिसिभामा भएको मतदान बहिष्कार गरी त्यसको भोलीपल्ट सिरहा गएकी सांसद गिरी आज आफ्ना कार्यकर्ता भेट्नका लागि ठाडी भगवानपुरको सीमावर्ती क्षेत्र पुगेकी थिइन् । यस्तै त्यहाँबाट भारत जान खोजेकी थिइन् । उनलाई सीमामा रोक्नुको कारण सुरक्षा निकायले केही बताएको छैन ।
सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ । सुरक्षा स्रोतले भने सीमानाका बन्द रहेको र भारतीय एसएसबीले पनि जान नमिल्ने भनेपनि रोकिएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया