लद्दाख प्रकरणमा बोल्यो भारतीय विदेश मन्त्रालय- ‘चीनतर्फ पनि क्षति’

काठमाडौं । सोमबार राति लद्दाखस्थित भारतीय र चिनियाँ सेनाबीच सीमामा तनाव हुँदा ३ भारतीय सैनिकको मृत्यु हुन पुग्यो । ४५ वर्षपछि सीमा विवादका कारण चीनसँगको झडपमा पहिलो पटक यो हताहती भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

गत १५ जुनदेखि दुई देशबीच विवाद मिलाउने प्रयास भइरहेको थियो । तर यही प्रयासकै बीच भएको झडपमा एक अफिसर र दुई जवानको हत्या हुन पुगेको हो । सेनाका सिनियर अफिरसले दुई पक्षीय विवाद मत्थर गर्न प्रयासरत रहेकै बेला एकाएक यो घटना हुन पुगेको थियो ।

मिडिया रिपोर्टअनुसार चिनियाँ सेनाको पनि मृत्यु भएको छ तर अहिलेसम्म कति संख्यामा मारिए भन्ने खुल्न सकेको छैन । भारतले मृत्युबारे जानकारी दिएपनि चीन अहिलेसम्म बोलेको छन् । भारतीय पक्षको तर्क छ–चीनले आफै यो बताउँने छैन । हाम्रो देशमा लोकतन्त्र छ र हामी सबै बताउँछौं । तर चीनले यो कुनै हालतमा भन्दैन र सबै खुल्न समय लाग्छ ।

लद्दाखमा गोली हानाहान नभएर ढुंगामुढा भएको पनि बताइएको छ ।

यसैबीच भारतीय विदेश मन्त्रालयले दुई देशका सेनाबीचको हिंस्रक झडपमा दुबैतर्फ क्षति पुगेको बताएको छ ।

विदेश मन्त्रायका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवाद सुल्झाउनको लागि सैन्य र राजनीतिक स्तरमा वार्ता भइरहेको छ । उनका अनुसार जुन ६ मा शीर्ष कमान्डरबीच सौहार्दपूर्ण वातावरणमा वार्ता भएको थियो भने अन्य तहमा पनि प्रयास भइरहेको छ। घटनापछि भारतमा हंगामा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?