काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको खबरले सारा बलिउड शोकमग्न भएको छ ।
उनको मृत्युको पीडा सहन नसकेर उनकी भाउजुले पनि प्राण त्यागेकी छन् । एकपछि अर्कोको मृत्यु हुँदा सुशान्तको परिवार यतिबेला शोकमा डुबेको छ ।
यसैबीच भारतको उत्तर प्रदेशस्थित बरेलीमा एक दश कक्षामा पढ्ने छात्रले आत्महत्या गरेका छन् ।
उनले टिभीमा सुशान्तको मृत्युको खबर देखेपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेका थिए । उनले आफ्नो सुसाइड नोटमा लेखेका थिए, अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गर्न सके भने म किन सक्दिन ।
उनले आफ्नो सुसाइड नोटमा अन्य कुरा पनि लेखेका छन् । उनले, आफूमा तेश्रो लिङ्गीको जस्तो लक्षण भएको र साथीहरुले आफूलाई धेरै जिस्काउने गरेको समेत बताएका छन् ।
अहिले पुलिसले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया