कुवेतबाट उद्धार गरिएकी पाँचथरकी महिलामा देखियो कोरोना

काठमाडौं । पाँचथरको फिदिमस्थित क्वारेन्टाइनमा रहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुबेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पीसीआर परीक्षण गरिएकोमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

ती महिला गत जेठ ३२ गतेदेखि पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

उनलाई कुबेतबाट उद्धार गरी ल्याइएका उनलाई भक्तपुर स्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न देशबाट उद्धार गरी अन्य ३ जनालाई नि त्यहि क्वारेन्टाइनमा राखिएको थियो । तर अन्य तीन जनामा भने कोरोना संक्रमण नदेखिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?