काठमाडौं । मिडिया फोटोग्राफर डायनल मार्टिनेज शनिवार लण्डनमा नश्लवादको विरुद्ध शान्तिपूर्ण प्रदर्शनको कभर गरिरहेका थिए ।
त्यहि बेला केहि मानिसहरुसँग नश्लवाद बिरोधीको झडप भयो । त्यस बेला एक श्वेत घाईते भएर जमीनमा लडे ।
त्यसैबेला एक अश्वेतले उनलाई आफ्नो काँधमा उठाए त्यहि फोटो डायलनले आफ्नो क्यामेरामा कैद गरेका थिए ।
जुन व्यक्तिलाई अश्वेतले काँधमा उठाएका थिए, उनको अनुहारमा धेरै चोट थियो ।
गत २५ मेमा मिनियापोलिसको पुलिस हिरासतमा एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई पुलिसले घाँटी थिचेर हत्या गरेको थियो ।
त्यसपछि अमेरिकासहित विभिन्न देशमा हिंसात्मक प्रदर्शन भईरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया