काठमाडौं । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडलाई पुलिसले हिरासतमा घाँटी थिचेर मारेपछि शुरु भएको प्रदर्शन अहिले पनि जारी छ ।
ठाउँ ठाउँमा हिंस्रक घटना भईरहेको छ । यस्तो अवस्थामा आन्दोलनकारीहरुको मागलाई लिएर अमेरिकीराष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरुको एक मागमा हस्ताक्षर गर्न राजी भएका छन् । उक्त हस्ताक्षरमा पुलिस रिफर्मको कुरा गरिएको छ ।
ह्वाईट हाउसद्वारा गरिएको ट्वीटमा भनिएको छ कि, ट्रम्प पुलिसकर्मीहरुको पक्षमा रहेका छन्, उनी अहिले भने एक नयाँ अर्डरमा साइन गर्दैछन्, जो पुलिस रिफर्ममा सहायक हुनेछ, यसले उनीहरुको सम्मान बढ्नेछ ।
२५ मेमा अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या भएपछि अमेरिकामा नश्लवादको आन्दोलन व्यापक बन्दै गएको छ ।
हरेक ठाउँमा पुलिसको रबैया सुधारिनु पर्ने माग उठेको छ । प्रदर्शनकारीहरुका केहि माग मध्ये एक माग पुलिसको यस्तो मनलाग्दी व्यवहारमा परिवर्तन गर्नुपर्ने पनि एक थियो ।
जसलाई उचित सम्झँदै ट्रम्पले साइन गर्न लागेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया