कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो अवस्था, कुन देशमा कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ३९ हजार १९५ जनाको मृत्यु भईसकेको छ भने ८१ लाख १८ हजार १२२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४२ लाख १६ हजार २७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १८ हजार २८३ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ८२ हजार ९५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख ८९ हजार ८६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख ९१ हजार ५५६ जनालाई संक्रमण भएको छ भने ४४ हजार ११८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ४ लाख ६४ हजार ७७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ९१ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ३७ हजार २१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ८४ हजार ५३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार १८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ७३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९६ हजार ८५७ जनालाई संक्रमण भएको छ । त्यहाँ ३९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ३७१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार २९० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७७ हजार १० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ४३६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार ३७२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ हजार ४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८८५ जनाको मृत्यु भएको छ भने १ लाख ८८ हजार ४४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७२ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ९१५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४३ हजार २६ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ८० हजार ३२० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८२५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ८३१ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५२ हजार ३६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ८६० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३२ हजार ९९२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १९ हजार ४०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९५० जनाको मृत्यु भईसकेको छ भने १ लाख ८९ हजार ८७६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५० हजार ५९० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार १७५ जनाको मृत्यु भईसकेको छ भने ९९ हजार १४७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६१ हजार ४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १७ हजार ५८० जनाको मृत्यु भईसकेको छ भने १ लाख ५० हजार २६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४३९ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ४२७ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख १३ हजार ६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ४० जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २२१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३७७ जना स्वास्थ्योपचार पछि निको भएका छन्भने ३ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ८३९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४८ हजार ९२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार ३९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४४३ जना नयाँ संक्रमित थपिएका छन् भने ११० जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६६१ जनाको मृत्यु भईसकेको छ भने ६० हजार १०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ६१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ६५ जनाको मृत्यु भएको छ भने ४८ हजार ९४८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ४ हजार ८९१ जनाको मृत्यु भईसकेको छ भने ५२ हजार ३८३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ५९९ जनाको मृत्यु भएको छ भने ९ हजार ४५५ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?