कोरोना अपडेटः विश्वभर ८० लाख ६२ हजार नाघे संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४ लाख ३७ हजार १ सय ३७ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८० लाख ६२ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ४१ लाख ७१ हजार ९ सय १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको छन् भने संक्रमितमध्ये ५४ हजार ५ सय ७ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को असर सबैभन्दा बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । बितेको २४ घण्टामा ९ हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २१ लाख ७१ हजार ५ सय ११ पुगेको छ । हालसम्म ८ लाख ७४ हजार ४ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा थप १ सय ३८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ४ सय ८५ पुगेको छ । बितेको २४ घण्टामा मात्र ६ हजार ८१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ८ लाख ७३ हजार ९ सय ६३ पुगेको छ । त्यस्तै हालसम्म ४ लाख ५३ हजार ५ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको । त्यस्तै बितेको २४ घण्टामा मात्र ९६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

त्यस्तै रसियामा हालसम्म ५ लाख ३७ हजार २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म रसियामा ७ हजार ७१ जनाको कोरोनाको कारण ज्यान गएको छ भने संक्रमितमध्ये २ लाख ८४ हजार ५ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा ८ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ सय ४३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ९६ पुगेको छ । बितेको २४ घण्टामा ९ हजार ५ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख ४२ हजार ३ सय ६५ जना पुगेको छ । हालसम्म १ लाख ७९ हजार ८ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ७६ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलालयतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ७ सय ३६ पुगेको छ । बितेको २४ घण्टामा मात्र ९ सय ६८ जनामा कोरोना संक्रमण देखिएको र ३८ जनाको कोरोनाको कारण ज्यान गएको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म बेलायतमा २ लाख ९६ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने संक्रमितमध्ये ३ सय ९२ जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । बितेको २४ घण्टामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९१ हजार ८ पुगेको छ । त्यस्तै कोरोना संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ३ सय ७१ पुगेको छ । बितेको २४ घण्टामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ३७ हजार २ सय ९० पुगेको छ । हालसम्म १ लाख ७७ हजार १० जना कोरोना उपचारपछि निको भएर घर फकिएको र संक्रमितमध्ये २ सय ७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ८८ सय पुगेको छ । यो समाचार तयार पार्दासम्म पेरुमा २ लाख २९ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख १५ हजार ५ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?