काठमाडौं उपत्यकाका ५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला रहेका छन् । भने ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा सोमवार मात्र कुल ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म १ हजार ४१ जना कोरोना उपचारपछि निको भएका छन् । आज मात्र थप ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?