काठमाडौं । नेपालमा थप ६७ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण जित्नेको संख्या १ हजार ४१ पुगेको हो ।
आज कोभिड १९ अस्पताल जनकपुरबाट २४ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् । पाटन अस्पतालबाट ३ महिला र १ पुरुष गरी ४ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, काठमाडौंको बलम्बुबाट २ जना महिला डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डाक्टर जागेश्वर गौतमले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल काठमाडौंबाट १ जना महिला र १ जना पुरुष गरी २ जना डिस्चार्ज भएका छन् ।
प्रवक्ता गौतमका अनुसार कलैया अस्पतालबाट ६ जना पुरुष आज डिस्चार्ज भएका छन् । साथै, सप्तरीबाट १७ जना पुरुषले कोरोना संक्रमण जितेका छन् भने दाङबाट १ जना महिला र ११ जना पुरुष गरी १३ जनाले कोरोना संक्रमण जितेका छन् ।
कुल डिस्चार्ज भएका १ हजार ४१ जना मध्ये १ सय ४ जना महिला र ९ सय३७ जना पुरुष रहेका छन् ।
सोमवार एकैपटक ४५१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या ६ हजार नाघ्यो
नेपालमा आज (सोमवार) एकैपटक ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार ४१ जना संक्रमित स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
यसैबीच नेपालमा हिजो (आईतवार) एकैपटक ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया