सोमवार एकैपटक ४५१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या ६ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज (सोमवार) एकैपटक ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४५१ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार ४१ जना संक्रमित स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज मात्रै नेपालमा थप ६७ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।

यसैबीच नेपालमा हिजो (आईतवार) एकैपटक ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?