काठमाडौं । सोमवार कर्णाली प्रदेशमा ११० जना कोरोना संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेश अन्तर्गत दैलेख र सुर्खेतमा गरी १ सय १० जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणको कूल संख्या १०७७ पुगेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतमा रहेका पशुपंक्षी रोग अन्वेषण केन्द्रमा गरिएको परीक्षणमा दैलेखका ९१ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो ।
यस्तै पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामै गरिएको परीक्षणमा सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया