नुवाकोटमा फेरी २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० पुग्यो

नुवाकोट । आज नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ६ वर्षीया बालिका र ३१ वर्षीया महिला रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरुको चितवनको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सोमवार नतिजा पोजेटिभ आएको हो ।

उनीहरु हाल त्रिशुली अस्पतालको आइसोलसनमा रहेका छन् । यो सँगै नुवाकोटमा हालसम्म १० जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने बाँकीको त्रिशुली अस्पताल तथा खरानीटारमा रहेको आइसोलेसनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

दुइ जना डिस्चार्ज हुँदै

सोमवार त्रिशुली अस्पतालमा उपचाररत दुइ जनाको डिस्चार्जको तयारी भइरहेको छ ।

जिल्लाको मेघाङ गाउँपालिकाका २ पुरुषको पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?