काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व त्रस्त बनेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ३५ हजार ४९३ जनाको मृत्यु भईसकेको छ भने ७९ लाख ९० हजार ७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४१ लाख ८ हजार ४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच चीनमा फेरी कोरोनाको महामारी सल्बलाउन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै चीनमा थप ४९ जना नयाँ संक्रमित फेला परेका छन् ।
योसँगै चीनमा कुल संक्रमितको संख्या ८३ हजार १८१ पुगेको छ भने कुल मृतक संख्या ४ हजार ६३४ पुगेको छ ।
चीनमा ७८ हजार ३७० जना स्वास्थ्योपचार पछि निको भएका छन् । हिजो आईतवार मात्रै चीनमा ५७ जना नयाँ संक्रमित थपिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया