मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू, आज बिजोर नम्बरका सवारीमात्रै चलाउन पाइने

उपत्यका लगायत देशभर आज जोरबिजोरका आधारमा निजी सवारी साधनहरु सञ्चालन भएका छन् । जसअनुसार आज मोटरसाइकल (दुई पांग्रे) सहित चारपांग्रे सवारी साधन बिजोर नम्बर प्लेट भएका मात्रै सञ्चालन हुन पाएका छन् ।

लकडाउनको नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागू भएपछि, जोर गतेका दिन जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजेर नम्बर प्लेट भएका सवारी साधन चल्ने नियम बनाइएको छ ।
सवारी साधनमा भएको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।
जसअनुसार आज बिजोर नम्बर प्लेटका निजी सवारी साधन मात्र चल्न चल्न पाएका छन् ।
जोर बिजोरप्रणाली अनुसार मोटरसाइकलमा २ जना सवार गर्न नपाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
निजी ४ पाङ्गरे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?