काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व त्रस्त बनेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ३५ हजार ४४८ जनाको मृत्यु भईसकेको छ भने ७९ लाख ८८ हजार ६१५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४१ लाख ७ हजार ५२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख १७ हजार ८५३ जनाको मृत्यु भएको छ भने २१ लाख ६२ हजार १४४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८ लाख ६७ हजार ८४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७०४ जनाको स्वास्थ् अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार ९११ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ४ हजार ४७० जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा १२ हजार ७३३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६९ हजार ४४१ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा आईतवार १९ हजार ९२० जनालाई संक्रमण भएको छ भने ३२६ जनाको मृत्यु भएको छ । यो संख्या २७ मार्च यताकै सबैभन्दा कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया