नेपालमा थप ६१ जनाले जिते कोरोना, संक्रमित संख्या ५,७६० पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ ।
आज नारायणी अस्पतालबाट ३ जना महिला र १ जना पुरुष कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । पाटन अस्पतालबाट १ जना पुरुष डिस्चार्ज भएका छन् ।

साथै, धरानबाट १ जना महिला र २ जना पुरुष र रौतहटबाट ९ जना पुरुष डिस्चार्ज भएका छन् ।

यसैगरी, दार्चुला र डोटिमा १-१ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार डडेलधुरामा ५ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

यस्तै, कैलालीमा ६ जना पुरुष रबाँकेबाट १८ जना पुरुष डिस्चार्ज भएका छन् भने दाङमा १ महिला र ५ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।

हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किने ९७४ मध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।

 

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या १९ पुग्यो

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको कुल संख्या १९ पुगेको छ ।

गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगी समेत थिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा उनको शव व्यवस्थापन गरेको छ ।

यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटवलमा निधन भएको थियो ।

पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ५,७६० पुग्यो

नेपालमा आज (आईतवार) एकैपटक थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैपटक थप ४२५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भइरसको महामारीका कारण अहिलेसम्म १९ जनाको मृत्यु भईसकेको छ भने ९७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यसैबीच नेपालमा हिजो (शनिवार) एकैपटक २७३ जना नयाँ संक्रमित थपिएका थिए ।

नेपालमा अहिलेसम्म आइसोलेसनमा ४ हजार ७६७ रहेका छन् भने क्वारेन्टाइनमा १ लाख ४३ हजार ६४१ रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?