काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको कुल संख्या १९ पुगेको छ ।
गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो ।
त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगी समेत थिए ।
सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा उनको शव व्यवस्थापन गरेको छ ।
यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटवलमा निधन भएको थियो ।
नेपालमा आज थप ४ सय २५ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
त्यस्तै हालसम्म ९ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आज थप ६१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया