रुकुम घटनामा छानबिन समितिको म्याद थप

काठमाडौं । पश्चिम रुकुममा घटेको घटना प्रकरणमा बनेको छानबिन समितिको म्याद थप भएको छ ।

गत जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।
उक्त झडपमा नवराज, टीकाराम सुनार, गणेश बुढा लगायतको शव फेला परेको थियो ।

एक साताका लागि गृह मन्त्रायलले सह–सचिव जितेन्द्र बस्नेत संयोजकत्वको पाँच सदस्यीय छानविन समितिलाई म्याद थप गरेको जनाएको छ ।

गृह स्रोतका अनुसार बस्नेत नेतृत्वको समितिले स्थलगत अध्ययन, छानविन र विश्लेषण सकिसकेको छ । थप भएको समयमा प्रतिवेदन लेखनको कार्य हुनेछ ।

देशभर उक्त घटनाको सत्य तथ्य बाहिर ल्याउनको लागि दवाव दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?