प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि रोकियो सचिवालय बैठक

लोकपथ संवाददाता
0
Shares
तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको वालबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै आज अपरान्ह ४ बजेका लागि डाकिएको बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

आजको सचिवालय बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल हुने बताइएको थियो ।

त्यस्तै एमसीसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो। यसअघिको बैठकमा पनि रावल र ज्ञवाली सहभागी थिए।

आइतवार अपरान्ह चार बजेका लागि सचिवालय बैठक तय गरिएपनि प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?