‘नेपालका शाहसी जनप्रतिनिधिलाई बधाई’ भन्दै पाकिस्तानी मन्त्रीले गरे यस्तो ‘ट्वीट’

काठमाडौं। नेपालले आफ्नो शंशोधित नक्शालाई अनुमोदन गर्ने गरी संविधान संशोधन विधेयक पारित गरेसँगै यस विषयमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले त नेपालको यो कदमलाई दुस्साहसको रुपमा चित्रण गरेका छन् ।

साथै भारतीय सत्ता पक्षले नेपाललाई आफ्नो गल्ती सच्याउन बताएका छन् ।

यसै बीचमा पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुनेनले नेपाललाई बधाइ दिएका छन् ।

हुनेनले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाइ दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘नेपालका साहसी जनताका प्रतिनिधिहरुलाई बधाइ छ। तपाईहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाईहरुले ठूला देशहरुले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनुभएको छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?