इरानमा करिब ६० जना सवार रहेको विमान दुर्घटनाग्रस्त

तेहरान, ६ फागुन । इरानमा करिब ६० जना यात्रु रहेको एउटा विमान दुर्घटनाग्रस्त भएको छ स्थानीय सञ्चारमाध्यमले ५० देखि ६० जना सवार रहेको विमान दुर्घटनामा परेको जनाएका छन् इरानको इस्फहान प्रान्तको सेमिरोम सहरनजिकै जागरोस पहाडी क्षेत्रमा विमान दुर्घटना भएको बताइएको छ । राजधानी तेहरानबाट यसुज जाँदै गरेको विमान दुर्घटना भएको हो आपतकालीन सेवाका प्रवक्ताले भनेका छन्, ‘सबै आपतकालीन बललाई उच्च सतर्क रहन भनिएको छ । विमानमा ५० देखि ६० जना यात्रु थिए ।’एक स्थानीय अधिकारीले एक आपतकालीन हेलिकप्टर दुर्घटनास्थल पठाउने प्रयास गरिएको र दुर्घटनामा कति जनाको मृत्यु भयो र कस्तो अवस्था छ भन्ने जानकारी नआएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?