काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व त्रस्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वसम्म ४ लाख ३२ हजार २०० जनाको मृत्यु भईसकेको छ भने ७८ लाख ६० हजार ७३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४० लाख ३५ हजार ७८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ हजार ८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण ९ हजार १९९ जनाको मृत्यु भईसकेको छ भने ३ लाख २१ हजार ६२६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ अहिलेसम्म १ लाख ६२ हजार ३२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा शनिवार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका छन् भने ३०९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया