स्पेन, इटाली र भारतमा यस्तो छ कोरोनाको पछिल्लो अवस्था

काठमाडौं । स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । बितेको २४ घण्टामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९० हजार ६ सय ८५ पुगेको छ । त्यस्तै कोरोना संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ३ सय १ पुगेको छ । बितेको २४ घण्टामा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ५१ पुगेको छ । हालसम्म १ लाख ७४ हजार ८ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फकिएको र संक्रमितमध्ये २२० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ५ पुगेको छ । बितेको २४ घण्टामा ११ हजार ८ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख २१ हजार ४ सय ६ जना पुगेको छ । हालसम्म १ लाख ६२ हजार ३ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको र बितेको २द्ध घण्टामा मात्र कोरोनाको कारण ३ सय १५ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४ लाख ३० हजार १ सय ३३ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ७८ लाख १० हजार ५ सय १ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ४० लाख ७ हजार ३ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको छन् भने संक्रमितमध्ये ५३ हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?