काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४ लाख ३० हजार १ सय ३३ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ७८ लाख १० हजार ५ सय १ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ४० लाख ७ हजार ३ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको छन् भने संक्रमितमध्ये ५३ हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को असर सबैभन्दा बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १७ हजार ९६ पुगेको छ । बितेको २४ घण्टामा १२ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २१ लाख २९ हजार ५ सय ७४ पुगेको छ । हालसम्म ८ लाख ४३ हजार ५ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा थप २ सय ७१ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ९ सय ५२ पुगेको छ । बितेको २४ घण्टामा मात्र १ हजार १ सय ६२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ६४ पुगेको छ । त्यस्तै हालसम्म ४ लाख २७ हजार ६ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको । त्यस्तै बितेको २४ घण्टामा मात्र ५१ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
त्यस्तै रसियमा हालसम्म ५ लाख २० हजार १ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म रसियामा ६ लाख ८ हजार २९ जनाको कोरोनाको कारण ज्यान गएको छ भने संक्रमितमध्ये २ लाख ७४ हजार ६ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा ८ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ५ पुगेको छ । बितेको २४ घण्टामा ११ हजार ८ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख २१ हजार ४ सय ६ जना पुगेको छ । हालसम्म १ लाख ६२ हजार ३ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको र बितेको २द्ध घण्टामा मात्र कोरोनाको कारण ३ सय १५ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलालयतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ६ सय ६२ पुगेको छ । बितेको २४ घण्टामा मात्र १ हजार ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको र १ सय ८१ जनाको कोरोनाको कारण ज्यान गएको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म बेलायतमा २ लाख ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने संक्रमितमध्ये ४ सय ९२ जनाको अवस्था गम्भीर रहेको छ ।
स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । बितेको २४ घण्टामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९० हजार ६ सय ८५ पुगेको छ । त्यस्तै कोरोना संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ३ सय १ पुगेको छ । बितेको २४ घण्टामा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ५१ पुगेको छ । हालसम्म १ लाख ७४ हजार ८ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फकिएको र संक्रमितमध्ये २२० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ८ सय पुगेको छ । यो समाचार तयार पार्दासम्म पेरुमा २ लाख ३६ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ७ हजार १ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया