चीनमा कोरोनाको दोश्रो लहर, बेइजिङका थोक बजार अस्थायी रुपमा बन्द

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी यति बेलासम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । र एकपटक पुनः चीनमा कोरोना भाइरसको महामारी र्फैलिने क्रममा रहेको छ ।

वैज्ञानिकहरुले यसलाई चीनमा दोश्रो लहरको महामारीको संज्ञा दिएका छन् । चीनको राजधानी बेइजिङका केहि भागमा लकडाउन गरिएको छ ।

साथै थोक बजारहरु पनि अस्थायी रुपमा बन्द गरिएको छ । बेइजिङमा कोरोना भाइरसको दुई नयाँ केस सहित चीनमा पछिल्लो २४ घण्टायता १० नयाँ केस पाइएपछि प्रशासनले बेइजिङमा स्कूल खोल्ने योजना स्थगित गरेको छ ।

अधिकारीहरुले पछिल्ला दुई दिनमा बेइजिङमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि एक प्रमुख थोक बजार अस्थायी रुपमा बन्द गरेको हो ।

शनिवार स्थानीय समयानुसार विहान ३ बजे शिनफ्याडी थोक बजार बन्द गरिएको हो । त्यहाँ रहेको एक मासु अनुसन्धान केन्द्रमा काम गर्ने मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि बजार बन्द गरिएको हो ।

दश हजार भन्दा धेरै मानिसमा हुनेछ परीक्षण

बेइजिङका अधिकारीहरुले भनेका छन् कि, बजारमा रहने १० हजार भन्दा धेरैको कोरोना टेस्ट गरिनेछ ।

त्यसका लागि न्यूक्लिक एसिड परीक्षण गरिने भएको छ । साथै कोरोना भाइरसको असर खेल जगतमा पनि परेको छ ।

साथै करिव २ महिनासम्म कुनै नि किसिमका सीरिज, टुर्नामेण्ट आयोजित नहुने भएको छ ।

यसलाई लिएर बेइजिङको नगर खेल प्रतियोगिता प्रशासन केन्द्रले एक नोटिस जारी गरेको छ ।

नोटिसमा खेलबारे हुने आयोजनालाई तत्काल नगरिने बताइएको छ । रिपोर्टका अनुसार शुक्रवार दुई नयाँ केस देखिएपछि यो निर्णय लिइएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?