काठमाडौं । नेपालमा थप ३६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ९ सय १३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले आज नारायणी अस्पताल पर्साबाट ५ जना पुरुष डिस्चार्ज भएका छन् । उनका अनुसार सप्तरीमा १७ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।
त्यस्तै, बाँकेमा ८ जना पुरुषले कोरोना जितेका छन् । भरतपुर अस्पताल चितवनबाट पनि ३ जना पुरुष डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए ।
कुल डिस्चार्ज भएका ९ सय १३ जना मध्ये ८ सय २२ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु, मृतक संख्या १८ पुग्यो
नेपालमा कोरोना भाइरसको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षीय बालक र पर्साका अन्दाजी २५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पर्साका अर्का पुरुष पर्साको वीरगञ्जस्थित घण्टाघरमा वेवारिसे अवस्थामा उनको शव फेला परेको थियो । उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको गौतमले बताए ।
त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
नेपालमा शनिवार एकैपटक २७३ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ५,३३५ पुग्यो
नेपालमा आज (शनिवार) एकैपटक २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको कुल संख्या १८ पुगेको छ ।
यसैबीच नेपालमा हिजो (शुक्रवार) ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया