चीनको सीमामा तीन अमेरिकी जहाज तैनाथ !

काठमाडौं । भारत चीन सीमा विवाद भईरहेको अवस्थामा अमेरिकाले पनि भित्रि रुपमा दबाव दिइरहेको छ ।

अमेरिका कोरोना भाइरस फैलाएको आरोप लगाउँदै चीनविरुद्ध पहिल्यैदेखि खनिएको छ । यसैबीच अमेरिकाले चीनको सीमामा आफ्ना तीन वटा विमानवाहक जहाज तैनाथ गरेको छ ।

तीनै वटा अमेरिकी विमानवाहक जहाज प्रशान्त महासागरमा चीनको सीमाको नजिक तैनाथ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेरिकाको यो कदमलाई सारा विश्वबाट चीनका लागि खतराको रुपमा हेरिएको छ ।

अमेरिकी नौसेनाको क्रुजर, विध्वंसक जहाज, लडाकू विमान तथा अन्य विमानहरुको साथमा अमेरिका चीनको सीमामा तैनाथ रहेको बताइएको छ ।

अमेरिका लगातार चीनले हङकङमाथि व्यापक नियन्त्रण गरेको भन्दै आपत्ति जनाउँदै आईरहेको छ ।

चीनमाथि आक्रामक बन्दैछन् ट्रम्प

अमेरिकाको अनुसार कोरोना भाइरस फैलाउनमा चीनको ठूलो हात रहेको छ । अमेरिकाका अनुसार चीनले नै कोरोना भाइरसको महामारी सारा विश्वमा फैलाएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको क्षति चीनले व्यहोर्नुपर्ने बताउँदै आएका छन् । चीनको सीमामा एकसाथ तीन जहाज देखिनुमा धेरैले आश्चर्य मानेका छन् ।

अमेरिकामा यस प्रकारका जहाज सिमति संख्यामा मात्र रहेका छन् । र यी जहाज धेरैजसो फरक-फरक ठाउँमा मात्र रहने गर्दछन् । यी जहाजहरुको काम बन्दरगाहको निगरानी गर्नु हो ।

हिन्द प्रशान्त कमानमा परिचालन निर्देशक रियर एडमिरल स्टीफन कोहलरले विमानवाहक जहाज अमेरिकी नौसेना शक्तिको प्रतिक भएको बताएका छन् ।

त्यसैले तीन जहाज एकसाथ मिलेको हुनसक्ने उनले बताएका छन् । उनी तीन वटा जहाज एकसाथ मिलेकोमा आफू खुशी भएको बताउँछन् ।

उनी भन्छन्, ‘चीन बिस्तारै बिस्तारै दक्षिण चीन सागरमा सैन्य चौकी बनाइरहेको छ, त्यहाँ मिसाइल र इलेक्ट्रोनिक युद्ध प्रणालीलाई तैनाथ गरिरहेको छ ।’

एजेन्सीको सहयोगमा

कोरोना महामारीका बेला अमेरिकामा अर्को संकट

महिला शक्तिसँग हार्‍यो कोरोना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?