काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २८ हजार २४८ जनाको मृत्यु भईसकेको छ भने ७७ लाख ३२ हजार ९५२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३९ लाख ५६ हजार २९९ जना स्वास्थ्इोपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ८८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महमारीका कारण भारतमा अहिलेसम्म ८ हजार ८९० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९ हजार ६०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५४ हजार २३१ जना स्वास्थ्इोपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा शुक्रवार ११ हजार ३२० जना संक्रमित थपिएका छन् भने ३८९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया