‘के हामी कम्तीमा एक दिन राष्ट्रको नाउँमा सँगै रहन सक्दैनौ ?’

काठमाडौं । संविधानविद् डा. भिमार्जन आचार्यले संविधान संशोधनको पक्षमा सबै एकै ठाँउमा हुनु एक सुखद पक्ष रहेको बताएका छन् ।

नेपालले अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै निशान छापमा भएको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्नुपर्नेछ । त्यसको लागि शनिवारका लागि संसदमा मतदानको मिति तय गरिएकोमा सरकार, संसद्, राजनीतिक दल र नागरिकहरु सबैले राष्ट्रिय अखण्डताको पक्षमा एउटै मत ब्यक्त गर्नु सुखद रहेको बताए ।

उनले भने, “जेठ ३१ गते संविधान संशोधनको पक्षमा संसदमा मतदान हुँदैछ। सरकार, संसद्, राजनीतिक दल र नागरिकहरु सबैले राष्ट्रिय अखण्डताको पक्षमा एउटै मत ब्यक्त गरेका छन। राष्ट्रको लागि यो अत्यन्त सुखद् क्षण हो।’

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै केही दिन यता देशका विभिन्न ठाँउहरुमा सरकार विरोधि नारा जुलुस हुन थालेका छन् । संविधान संशोधनको मतदानको दिनका लागि आन्दोलन थाति राख्न समेत संविधानविद् आचार्य सबैलाई आग्रह गरेका छन् । भनेका छन्, “त्यसै दिन सरकार बिरूद्धको आन्दोलनको कार्यक्रम पनि रहेको छ। के हामी कम्तीमा एक दिन राष्ट्रको नाउँमा सँगै रहन सक्दैनौ ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?