कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो अवस्था, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख २३ हजार ८४४ जनाको मृत्यु भईसकेको छ भने ७५ लाख ९७ हजार ३४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३८ लाख ४१ हजार ५३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १६ हजार ३४ जनाको मृत्यु भईसकेको छ भने २० लाख ८९ हजार ७०१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख १६ हजार ८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख ५ हजार ६४९ जनालाई संक्रमण भएको छ भने ४१ हजार ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ३ लाख ९६ हजार ६९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ५३२ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २ हजार ४३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ६१ हजार १५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ७८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार २७९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार ४०९ जनालाई संक्रमण भएको छ । त्यहाँ ५१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार १६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार १४२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७१ हजार ३३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ३४६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार ५६१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार १४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८५१ जनाको मृत्यु भएको छ भने १ लाख ८६ हजार ७९५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७१ हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार २८३ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ४६ हजार ९७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७६३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७४ हजार २३ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ४७ हजार ८६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार १०९ जनाको मृत्यु भईसकेको छ भने २ लाख १४ हजार ७८८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख २ हजार ४२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५८४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८० हजार १५६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४२ हजार ६६३ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ७ हजार ९९४ जनाको मृत्यु भईसकेको छ भने ९७ हजार ५३० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५७ हजार ६५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १५ हजार ९४४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३३ हजार ९७४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५८७ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ९८ हजार ६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ७ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ६४ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३६५ जना स्वास्थ्योपचार पछि निको भएका छन्।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ४६३ जनाको मृत्यु भईसकेको छ भने १ लाख २५ हजार ९३३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४० हजार २४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार ३९७ जना नयाँ संक्रमित थपिएका छन् भने १०७ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६३६ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ७११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ४५३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ४४ जनाको मृत्यु भएको छ भने ४८ हजार २५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ४ हजार ८१४ जनाको मृत्यु भईसकेको छ भने ४८ हजार २८८ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ७५८ जनाको मृत्यु भएको छ भने १३ हजार ४३३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?