कोरोनाको प्रकोप : अमेरिकामा थपिँदै संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख २३ हजार ८४४ जनाको मृत्यु भईसकेको छ भने ७५ लाख ९७ हजार ३४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३८ लाख ४१ हजार ५३७ जना स्वास्थ्यपचार पछि निको भएका छन् भने ५३ हजार ९०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १६ हजार ३४ जनाको मृत्यु भईसकेको छ भने २० लाख ८९ हजार ७०१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख १६ हजार ८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार ७४१ जनाको मृत्यु भएको छ भने ४ लाख २ हजार २१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार ५५२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६८ हजार २०४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बिहीवार २३ हजार ३०० जनालाई संक्रमण भएको छ भने ९०४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?