युएइबाट समस्यामा परेका नेपालीलाई नेपाल ल्याँइदै, मान्नुपर्छ यस्ता सर्त !

काठमाडौं । युनाइटेड अरब इमिरेट्स(युएई) मा लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई घर फर्काउन अबुदाबीस्थित नेपाली दुतावासले पहल गरेको छ ।

दुतावासले त्यहाँ रहेका नेपालीहरुलाई उद्धार गरी नेपाल फर्काउन ४ उडानहरु तय गरेको छ । पहिलोचरणको उडान जुन १६ देखि २३ सम्म हुने दूतावासले जनाएको छ । बिहीवार एक सूचना जारी गर्दै नेपालीहरुलाई दुतावासले सामाजिक सञ्जाल एवम् टेलिभिजनबाट जारी गरेको विवरण भर्नको लागि समेत अनुरोध गरेको छ ।

नेपाल फर्किन चाहने नेपालीहरुका लागि दूतावासले विभिन्न सर्तहरु समेत लागू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?