काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको उत्तरमा एक १० फुट लामो श्वेत शार्कले हमला गर्दा एक ६० वर्षीय सर्फरको मृत्यु भएको छ ।
त्यहाँ रहेका अन्य सर्फरहरुले शार्कसँग लडेर उक्त मानिसलाई अस्पताल लिएर जाने क्रममा उनको मृत्यु भएको थियो ।
शार्कले टोकेर रगत धेरै बगेको कारण उनको मृत्यु भएको बताइएको छ ।

एक वर्षमा शार्कको हमलाबाट तीन जनाको मृत्यु
उक्त क्षेत्रमा श्वेत शार्कको हमलाबाट वर्षदिनमा तीन जनाको मृत्यु भईसकेको छ ।
अप्रिलमा ग्रेट ब्यारियर रीफमा भएको हमलामा २३ वर्षीय क्वीन्सल्याण्डका रेन्जरको मृत्यु भएको थियो ।
त्यस्तै पश्चिमी अस्ट्रेलियामा जनवरीमा ५७ वर्षीय पुरुष शार्कको शिकार बनेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया