काठमाडौं । कोरोना भाइरसको महामारीले यतिबेला सारा विश्व त्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख १९ हजार २० जनाको मृत्यु भएको छ भने ७४ लाख ५८ हजार ६४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३७ लाख ५१ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ८८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १०७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार १५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ४० हजार ९७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा बुधवार मात्रै अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । बुधवार एकैदिन भारतमा १२ हजार ३७५ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै मृत्यु हुनेहरुको संख्या पनि भारतमा बुधवार अहिलेसम्मकै धेरै रहेको छ । एकैदिन त्यहाँ ३८८ जनाको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया