काठमाडौं – कोरोना महामारीले अहिले सारा विश्व नै त्रस्त छ । यो समाचार तयार पर्दासम्म विश्वभर ४ लाख १६ हजार ९८ जनाको मृत्यु भएको छ भने ७३ लाख ९१ हजार ८४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३७ लाख ५ सय ४१ रहेको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ४ सय १४ पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २० लाख ५३ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ८ हजार १ सय ७३ जना कोरोना संक्रमित थपिएको र २ सय ६६ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ७ लाख ९ हजार ५ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ८ सय ७५ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको ३८ हजार ७ सय १ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ५ हजार ४ सय ७७ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७ लाख ४७ हजार ५ सय ६१ पुगेको छ । हालसम्म ३ लाख २५ हजार ६ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा २ सय बढीको कोरोनाको कारण ज्यान गएको छ ।
रसियामा बितेको २४ घण्टामा ८ हजार ४ सय ४ जनामा कोरोना संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या ४ लाख ९३ हजार ६ सय ५७ पुगेको छ । वल्डोमिटरको तथ्यांकअनुसार हालसम्म रसियामा कोरोनाको कारण ६ हजार ३ सय ५८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ५२ हजार ७ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार १ सय २८ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ३ जनामा कोरोना संक्रमण देखिएको र २ सय ४५ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ९० हजार १ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये ५ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । वल्डोमिटरको तथ्यांक अनुसार २ लाख ८९ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म २ लाख ८६ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ११ हजार ९ सय ७५ जनामा कोरोना पुष्टि भएको र कोरोनाको कारण ३ सय ८७ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ लाख ४० हजार ८ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै हालसम्म ८ हजार १ सय ६ जनाको कोरोनाको कारण जयन गएको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३४ हजार १ सय १४ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा २ सय २ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ३५ हजार ७ सय ६३ पुगेको छ । हालसम्म १ लाख ६९ हजार ९ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ७ सय ३८ पुगेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ३ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म ९२ हजार ९ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय ४० पुगेको छ । यो समाचार तयार पार्दासम्म १ लाख ८६ हजार ८ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । भने १ लाख ७० हजार ७ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र ३ सय ५० जनामा कोरोना संक्रमण फैलिएको र ९ जनाको ज्यान गएको छ ।
त्यस्तै इरानमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ६ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म इरानमा १ लाख ७७ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र २ हजार बढीमा कोरोना संक्रमण देखिएको र ८१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया