काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ४ सय १४ पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २० लाख ५३ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा ८ हजार १ सय ७३ जना कोरोना संक्रमित थपिएको र २ सय ६६ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । अमेरिकामा हालसम्म ७ लाख ९ हजार ५ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ८ सय ७५ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
योसमाचार तयार पर्दासम्म विश्वभर ४ लाख १५ हजार ८ सय १८ जनाको मृत्यु भएको छ भने ७३ लाख ८९ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३६ लाख ४३ हजार ४ सय ६२ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया