काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राजाको विरुद्ध लडेको शक्तिलाई च्यालेञ्ज गर्न आग्रह गरेका छन् ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले कोरोना विरुद्ध पूर्ण रुपमा असफल भएको सरकारले राजाको विरुद्ध लडेको शक्तिलाई च्यालेञ्ज गर्न नसुहाउने बताए । नेपाली कांग्रेस नेतृत्वको सरकारले २०४८ सालमा १२ अर्ब राजस्व उठाएको स्मरण गर्दै उनले त्यती बेला सरकारले बैंक र शैक्षिक संस्थ खोल्ने वातावरण बनाएका कारण अहिलेको अवस्थामा पुगिएको बताए । आरडिटी परीक्षण आवश्यक नभएकोले पीसीआर परीक्षण गर्न सरकारलाई सचेत गराउँदा विरोध गरेको नसम्झिन उनले आग्रह गरे ।
जनताले महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब मागेको उल्ले गर्दै उहाँले सरकारको ‘पर्फोमेन्स’ सन्तोषजनक नभएको बताए । प्रधानमन्त्री आफु लक डाउनमा बसेका कारण सम्पूर्ण देशलाई लक डाउनमा राखेको उनले आरोप लगाए । उनले भने, ‘सरकारको पर्फोमेन्स छैन् । प्रधानमन्त्री विरामी हुनुभयो । लक डाउनमा पर्नुभयो । सबै जनतालाई लक डाउनमा राख्नुभयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया