चीनमा कोरोना भाइरसको महामारी दोश्रो लहरमा फैलिन सक्ने डर

चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक जाओ फूले चीनमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको दोश्रो लहको संक्रमणको जोखिममा रहेको बताएका छन् ।

निर्देशक जाओ फूले तयार पारेको उक्त रिपोर्टमा चीन महामारीको दोश्रो लहरको जोखिममा रहेको बताइएको छ ।

चीनका अधिकांश मानिसहरुमा अझै पनि कोरोना भाइरसको आशंका रहेको साथै विश्वमा महामारीको प्रकोप अझै निमुल बनिनसकेकोले चीन दोश्रो लहरको कोरोना महामारीको जोखिममा रहेको अनुमान गरिएको हो ।

चीनको सञ्चारमाध्यमा ग्लोबल टाइम्सले कोरोनाको महामारी फैलिनबाट रोक्नका लागि चिनियाँ रणनीति सफल भएको बताएको छ ।

उसले आफ्नो रिपोर्टमा भनेको छ, महामारीविरुद्ध बिना कुनै उपाय नअपनाइएको बेलामा देशमा संक्रमितको संख्या ६७ गुणा बढेको तरक्वारेन्टाइन र संक्रमितको कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट देशले कोरोनाविरुद्धको लडाई जितेको हो ।

साथै रिपोर्टमा भनिएको छ, ‘बाहिरबाट आएका व्यक्तिहरुमा देखिएको कोरोना संक्रमणले समुदायमा संक्रमणको रुप लिन नदिन विभिन्‍न रणनीति अपनाउनुपर्ने छ ।’

यो भन्दा अगाडि पनि वरिष्ठ श्वासप्रश्वास विशेषज्ञ वाङ चेनले चीनमा कोरोना भाइरस भाइरस हराई नसकेको बताएका थिए । उनले आउँदो वर्षको जाडो मौसममा पुनः कोरोना महामारी देखिन सक्ने बताएका थिए ।

उनले भनेका थिए, ‘आगामी जनवरीमा गोन्जाउ र मार्चसम्म फेरि बेइजिङमा कोरोना संक्रमण फैलिनसक्छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?