फ्लोरिडा आक्रमणः आक्रमणको पूर्वसंकेत दिएपनि कदम चाल्न नसकेको आरोप

वासिंगटन, ५ फागुन । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक उच्च माध्यमिक विद्यालयमा भएको आक्रमणका आक्रमणकारी निकोलस क्रुजले आक्रमणबारे पूर्व संकेत दिए पनि आवश्यक कदम चाल्न नसकेको भन्दै संघीय जाँच निकाय एफबीआईको आलोचना भएको छ फ्लोरिडाका गभर्नर रिक स्कटले एफबीआईका निर्देशकले राजीनामा दिनुपर्ने बताएका छन् भने महान्यायाधिवक्ताले यो एफबीआइको असफलता भएको भन्दै समीक्षा गर्न आदेश दिएका छन् बुधबार भएको सो गोलीकाण्डमा १७ जना मारिएका थिए । १९ वर्षीय क्रुजले पार्कलेण्डस्थित मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलमा आक्रमण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?