काठमाडौं । अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको निधन भएको छ । ५५ वर्षीय राष्ट्रपति पियराको हृदयाघातका कारण निधन भएको बताइएको छ ।
स्वास्थ्यमा समस्या आएको भन्दै गत शनिवार अस्पताल भर्ना भएका पियराको उपचारकै क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
तर कोहिले भने उनको मृत्यु कोरोनाका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको आशंका गरेका छन् ।
राष्ट्रपति पियराको निधनमा बुरुण्डीमा सातदिने शोकको घोषणा गरिएको छ ।
पियरा विगत १५ वर्षदेखि सत्तामा रहेका थिए । तेस्रो कार्यकालका लागि पनि चुनाव लड्ने घोषणा गरेपछि बुरुण्डीमा राजनीतिक विवाद उत्पन्न भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया