कर्णालीमा आज थपिए ३७ संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटका थप ३७ जनालाई कोरोना संक्रमण देखिएको हो ।

मंगलबारसम्म कर्णालीमा जम्मा ६ सय ७१ जना कोरोना संक्रमित थिए । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय ८ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

बुधबार (आज) संक्रमण पुष्टि हुनेहरूमा दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेका छन् ।

हालसम्म कर्णालीमा कोरोनालाई जितेर २९ जना घर फर्किसकेका छन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?